पर्सामा पसल संचालन गर्न जोर-बिजोर प्रणाली लागू (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पर्सामा पसल संचालन गर्न जोर-बिजोर प्रणाली लागू (भिडियोसहित)

jor bijor

पर्सा, २३ जेठ । पर्सामा जोर बिजोर प्रणालीमा पसलहरु संचालन गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबारबाट जोर विजोर प्रणालीमा ११ बजे देखि ४ बजे सम्म सम्म पसलहरु खोल्न अनुमति दिएसँगै पसलहरु संचालन गर्न थालिएको हो ।

जिल्ला प्रशासन कार्यालयले रेडिमेड, कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स आदि पसलहरुलाई जोरको समुहमा राखेको छ भने हार्डवेयर, सायकल, मोटर तथा मोटर पार्टस, अटोक्लर्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसलहरुलाई विजोर समुहमा राखेको छ ।

यसका अलावा खाद्य, किराना, तरकारी फलफूल पसलहरु भने हरेक दिन ५ बजे देखि ९ बजेसम्म संचालनमा ल्याउन दिइएको छ । उत्त, निर्णय अनुसार शुक्रबार जोर पसलहरु सञ्चालनमा आएका छन् ।

पसलहरु सञ्चालनमा ल्याउँदा कोरोना भाईरस संक्रमणको जोखिम हुन नदिन सामाजिक दुरी कायम गरी मास्क तथा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);