आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालको लगातार तेस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।

यूएईस्थिति मलेका क्रिकेट मैदानमा आज भएको खेलमा हङकङलाई नेपालले ९ विकेटको जित निकालेको हो ।

हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जीतमा आकाश त्रिपाटीले अविजित रहँदै ५८ रनको योगदान दिए । साथै, उत्तम थापाले अविजित ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रनमा आउट भए ।

हङकङका लागि पर्थ भागवात ३६ रनमा आउट हुँदा मोहम्मद जाहिरले २९ रन बनाए ।

नेपालका लागि हेमन्त धामीले सर्वाधिक ३ तथा आकाश चन्द र सुवास भण्डारीले समान २÷२ तथा दीपेश कंडेलले १ विकेट लिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);