आईसीसी यू–१९ क्रिकेटः हङकङले नेपाललाई दियो १ सय २१ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आईसीसी यू–१९ क्रिकेटः हङकङले नेपाललाई दियो १ सय २१ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा हङकङले नेपाललाई १ सय २१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा अलआउट हुदै १ सय २० रन बनायो ।

हङकङका लागि पर्थ भागवातले सर्वाधिक ३६ रन बनाए भने मोहम्मद जाहिरले २९ रन बनाए ।

नेपालका लागि हेमन्त धामीले सर्वाधिक ३ विकेट लिँदा आकाश चन्द र सुवास भण्डारीले समान २ २ विकेट लिए । साथै दीपेश कंडेलले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);