नेपाललाई पुपुवा न्यूगिनीले दियो ११५ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नेपाललाई पुपुवा न्यूगिनीले दियो ११५ रनको लक्ष्य

काठमाडौं, १ चैत । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्ले अफमा पुपुवा न्यूगिनियाले नेपालसामु १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बाबेको हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको पुपुवा न्यूगिनिले २७ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय १४ रन बनायो । नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न सकेनन् ।

जिम्बाबेका लागि चाल्र्स आमिनीले सर्वाधिक १९ रन बनाए । त्यस्तै जासोन किलाले १५ रन बनाए भने अन्य ब्याट्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ विकेट लिए । त्यस्तै सोमपाल कामी र करन केसीले समान १–१ विकेट लिए । पपुवा न्युगिनीलाई पराजित गरे नेपालले एकदिवसीय मान्यता पाउने सम्भावना बलियो हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);