नेपालले पपुवा न्यूगिनिलाई ६ विकेटले हरायो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपालले पपुवा न्यूगिनिलाई ६ विकेटले हरायो

काठमाडौं, १ चैत । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्ले अफमा नेपालले पुपुवा न्यूगिनिलाई ६ विकेटले पराजित गरेको छ । न्यूगिनिले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २३ ओभरमै पुरा गरेको छ ।

नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्ल र अनिल शाहले खेलमा राम्रो प्रदर्शन गर्न सकेनन् । मल्लले १ र शाहले ९ रन मात्र बनाए । कप्तान पारस खड्काले २० रन मात्र बनाए भने दिपेन्द्र सिंह ऐरिले अविजित ५८ बलमा ५० रन बनाए । यसैगरी आरिफ सेखले ४२ बलमा २६ र रोहित कुमारले ६ बलमा ३ रन बनाए ।

जिम्बाबेको हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको पुपुवा न्यूगिनिले २७ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न सकेनन् ।

जिम्बाबेका लागि चाल्र्स आमिनीले सर्वाधिक १९ रन बनाएका थिए । त्यस्तै जासोन किलाले १५ रन बनाए भने अन्य ब्याट्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामी र करन केसीले समान १–१ विकेट लिएका थिए ।

पपुवा न्युगिनीलाई पराजित गरेसँगै नेपालले एकदिवसीय मान्यता पाउने सम्भावना बलियो भएको छ । यसका लागि नेपालले नेदरल्याण्ड र हङकङ बीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);