क्रिकेटमा ऐतिहासिक फड्को | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

क्रिकेटमा ऐतिहासिक फड्को

cricket

काठमाडौं, २ चैत । जिम्बावेमा सञ्चालन भइरहेको एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पपुवा न्युगिनीसँग विजयी भएपछि नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ ढोका खुलेको छ ।
अब नेपालले चार वर्षसम्म एकदिवसीय र लिस्ट ए मान्यता पाएका राष्ट्रसँग खेल्न पाउनेछ । चार वर्षमा नेपालले विश्व क्रिकेट लिग, एसिया कप र इन्टरकन्टिनेन्टल कपजस्ता ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ । यसबीच आइसिसी एकदिवसीय वरीयतामा नेपाल सूचीकृत हुनेछ ।

तर, एकदिवसीय मान्यता पाउँदैमा नेपालले अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र न्युजिल्यान्डजस्ता राष्ट्रविरुद्ध खेल्न पाउने होइन । किनकि, उनीहरू पूर्ण रूपमा टेस्ट मान्यताप्राप्त टिम हुन् । नेपाल एसोसिएटका तर्पmबाट एकदिवसीयमा मात्र प्रवेश गरेको छ ।

त्यसैले, अस्ट्रेलिया तथा भारतजस्ता टेस्ट मान्यताप्राप्त टिमसँग एकदिवसीय क्रिकेट खेल्न पनि आइसिसी र सम्बन्धित बोर्डको स्वीकृति पाउनुपर्छ । एसिया कपमा भने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यताप्राप्त टोलीसँग सीधै प्रतिस्पर्धा हुनेछ । एकदिवसीय मान्यताप्राप्त राष्ट्रका रूपमा नेपालले आइसिसीबाट अब प्रतिवर्ष ७ देखि ८ करोड रुपैयाँ प्राप्त गर्छ ।

यो रकम क्रिकेटका स्तरीय प्रशिक्षक, विदेशमा अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा तथा नियमित प्रशिक्षणमा खर्च गर्नुपर्छ । आजको नयाँ पत्रिकामा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);