आईसीसी यू–१९ क्रिकेटः नेपालले यूएईलाई दियो १ सय ९२ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

आईसीसी यू–१९ क्रिकेटः नेपालले यूएईलाई दियो १ सय ९२ रनको लक्ष्य

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।

यूएईको अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा अलआउट हुँदै १ सय ९१ रन बनाएको हो ।

नेपालका कप्तान देव खनालले सर्वाधिक ५१ रनको योगदान दिए । विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम थापाले ३६ रन बनाए ।

दिपेश कँडेलले १५ रन बनाउँदा हेमन्त धामीले १३ रन बनाए ।

यूएईका लागि धुव्र पराशरले सर्वाधिक ३ तथा हरिस शेठ्ठीले विकेट लिए ।

नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);