आईसीसी लिग टुः नेपालले यूएईलाई दियो २ सय ३० रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आईसीसी लिग टुः नेपालले यूएईलाई दियो २ सय ३० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत जारी त्रिकोणत्मक सिरिजमा नेपालले यूएईलाई २३० रनको चुनौती दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्शानीमा २२९ रन बनाएको हो ।

खराब सुरुवात गरेको नेपालको ब्याटिङलाई भीम सार्कीले सम्हालेका थिए । उनले ९९ बलमा ७० रन बनाउन सफल भए ।साथै, कुशल मल्लले ३२ रन बनाउँदा सन्दीप लामिछानेले २७ रन बनाए ।

यस्तै करण केसी १७ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन जोड । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालले लिग टू शृंखलाको शीर्ष तीनभित्र रहनका लागि आजको खेल जित्नैपर्ने दबावमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);