आईसीसी यू–१९ क्रिकेटः कुवेतमाथि नेपालको फराकिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आईसीसी यू–१९ क्रिकेटः कुवेतमाथि नेपालको फराकिलो जित

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले कुवेतमाथि फराकिलो जित निकालेको छ ।

शनिबार भएको दोस्रो खेलमा नेपालले कुवेतमाथि २ सय ४३ रनको शानदार जित निकालेको हो ।

यूएईस्थित मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा अलआउट हुँदै १०० रन मात्र बनायो ।

कुवेतका लागि जुधा सालधानाले २६ रन बनाउँदा रसिन मोहमदले १९ रन बनाए ।

नेपालका लागि आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो ।

नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले शतक प्रहार गरे ।

कुवेतका लागि हेनरी थोमसले र सहिल काज्मीले समान २÷२ तथा जय महेशकुमार मेहता १ विकेट लिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);