महिला टि–२० विश्वकपको फाइनलमा पुग्यो दक्षिण अफ्रिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महिला टि–२० विश्वकपको फाइनलमा पुग्यो दक्षिण अफ्रिका

काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाले आइसिसी महिला टि–२० विश्वकप २०२३ को फाइनलमा पुगेको छ ।

दक्षिण अफ्रिकाको केप टाउनमा इंग्ल्यान्डलाई ६ रनले पराजित गर्दै घरेलु टोली पहिलो पटक आइसिसी महिला टि२० विश्वकप फाइनलमा पुगेको हो । जितको लागि १ सय ६५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । जितका लागि अन्तिम १८ बलमा २८ रन चाहिँएको अबस्थामा दक्षिण अफ्रिकाकी अयाबोंगा खाकाले १८ औं ओभरमा मात्रै ३ रन खर्चेर ३ विकेट लिएपछि खेलले नयाँ मोड लिएको हो ।

इंग्ल्यान्डकी नाट स्काभर ब्रन्टले ४० ,ड्यानी व्याटले ३४, शोफिया डंकलीले २८ र हेथर नाइट ३१ रन बनाइन् । दक्षिण अफ्रिकाकी खाकाले ४ र सबनिम इस्मालीले ३ विकेट लिइन् । पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । दक्षिण अफ्रिकाकी ताज्मी ब्रिट्सले ६८ र लौरा वोल्वार्ड्टले ५३ रन बनाइन् ।

इंग्ल्यान्डकी शोफी एक्लेस्टोनले २ विकेट लिइन् दक्षिण अफ्रिकाले आइतबार फाइनलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा भारतलाई ५ रनले हराएर अष्ट्रेलिया फाइनलमा पुगेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);