धनगढीमा एलपिएलको तयारी सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

धनगढीमा एलपिएलको तयारी सुरु

धनगढी, ६ असोज । धनगढीमा कार्तिक २७ गतेदेखि हुने लिटिल फ्लावर प्रमियर लिग (एलपिएल) को तयारी सुरु भएको छ । संस्कार एकेडेमीले शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रिमियर लिग–२०७५ को तयारी बारे जानकारी दिएको हो । संघीय प्रहरी कार्यालय प्रदेश नम्वर–७ को खेल मैदामा हुने प्रतियोगितामा देशभरका १६ वटा विद्यालयले भाग लिने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

विद्यार्थीहरुको प्रतिभालाई अझ तिखार्ने उद्देस्यले खेलको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

उपविजेताले ५५ हजार ५ सय ५५ सहित ट्रफी पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदियमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);