पञ्जाव किंग्स र कोलकाता नाइट राइर्डसको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पञ्जाव किंग्स र कोलकाता नाइट राइर्डसको विजयी सुरुवात

काठमाडौं,११ चैत्र । इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाव किंग्सले विजयी सुरुआत गरेको छ । डबल डेगर अन्तर्गतको पहिलो खेलमा पञ्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जावले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर जित हात पार्न सफल भयो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो । यसै गरि इन्डियन प्रिमियर लिग अन्तर्गत नै सोहि दिन भएको अर्को खेलमा कोलकाता नाइट राइर्डसले विजयी सुरुवात गरेको छ ।

कोलकाताको घरेलु मैदानमा भएको खेलमा सनराइर्जस हैदराबादलाई चार रनले पराजित गर्दै कोलकाताले विजयी सुरुवात गरेको हो । कोलकाता नाइट राइर्डसले दिएको २०९ रनको लक्ष्य पछ्याएको सनराइर्जस हैदराबादले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २०४ रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनायो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);