ग्लोबल टि–२० क्यानडाः सन्दीप अवद्द सर्रे जागुअर्स फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

ग्लोबल टि–२० क्यानडाः सन्दीप अवद्द सर्रे जागुअर्स फाइनलमा

काठमाडौं । सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टि२० क्यानडा २०२३ को फाइनलमा पुगेको छ ।

पहिलो क्वालिफायरमा भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै सर्रेले फाइनल स्थान सुरक्षित गरेको हो । जितको लागि १ सय ४० रनको मध्यम लक्ष्य पछ्याएको नाइट्स १६दशमलव ४ ओभरमा १ सय १ रनमा अल आउट भयो । नाइट्सका लागि फबिएन एलेनले २७ र नाजिबउल्लाह जद्रानले १५ रन बनाए ।

सर्रेका लागि म्याथ्यु फोर्डले ४ र सन्दीपले १ विकेट लिए । पहिला ब्याटिङ गरेको सर्रेले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । कप्तान इफ्तिखर अहमदले ३६ र आयन खानले २९ रन बनाए । नाइट्सका जुनैद सिद्दिकले ४ विकेट लिए । दोस्रो क्वालिफायरमा दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्ट्रियल टाइगर्स र नाइट्सबीचको विजेताले उपाधिको लागि सर्रेसँग खेल्नेछ । मोन्ट्रियल टाइगर्सले पहिलो एलिमिनेटरमा ब्राम्पटन वल्भ्सलाई ९ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो ।

जितको लागि १ सय ५ रनको लक्ष्य टाइगर्सले १४ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । टाइगर्सको जितमा कप्तान क्रिस लिन ६३ रनमा नट आउट रहे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वल्भस २० ओभरमा १ सय ४ रन बनाउदा अल आउट भयो । दीपेन्द्रले १ ओभरमा१ विकेट लिए ।

दीपेन्द्रले दुई रन आउट र एक क्याच लिदै उत्कृष्ट फिल्डिङ गरे । दीपेन्द्रले न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोम तथा अष्ट्रेलियाका क्रिस गिनलाई रन आउट गराएका हुन् । फाइनल खेल आइतबार हुनेछ ।

Leave a Reply