इपीएल क्रिकेट : काठमाडौंद्वारा भैरहवा ग्लाडिएटर्स ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इपीएल क्रिकेट : काठमाडौंद्वारा भैरहवा ग्लाडिएटर्स ७ विकेटले पराजित

epl-768x366

काठमाडौं, २९ मंसिर । भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले हराउँदै काठमाडौं किङ्ग्स इलाभेन एभरेष्ट प्रिमियर लिग क्रिकेटको प्लेअफमा पुगेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिवार भएको खेलमा भैरहवाले लिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले अन्तिम ५ बल खेल्नुअघि ३ विकेट गुमाएर भेट्टायो ।

काठमाडौंका लागि अमित श्रेष्ठले ५१, रोहित मुस्तफाले ३६ रन जोड्दा केभिन ओब्रायर ३३ रनमा अविजित रहे । यसअघि भैरहवाले रविइन्दर सिंहको अविजित ८६ रनको मदतमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

कप्तान शरद भेषावकरले ३९ रनको योगदान दिए । समूह चरणको अन्तिम खेल खेल्न बाँकी छँदा ललितपुर प्याट्रियर्स, भैरहवा ग्लार्डिटर्स र काठमाडौं किङ्ग्सको समान ६–६ अंक भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);