ए डिभिजन लिग : सरस्वती क्लवद्वारा एनआरटी १-० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

ए डिभिजन लिग : सरस्वती क्लवद्वारा एनआरटी १-० ले पराजित

काठमाडौं, २७ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले लगातार सातौं हार ब्यहोरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा खेल मैदानमा बिहीबार भएको खेलमा एनआरटी सरस्वती युथ क्लबसँग १–० गोलले पराजित भएको हो ।

पहिलो खेलमा आर्मी विरुद्ध २–२ गोलको बराबरी खेलेको एनआरटीले त्यसयताका सबै खेलमा पराजय भोगेको छ । सरस्वती युथ क्लबको जितमा भिक्टोर अमोबले गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सरस्वतीले दोस्रो हाफ पेनाल्टीबाट गोल गर्दै जित हात पारेको हो । खेलको ७३ औं मिनेटमा भिक्टोरले पेनाल्टीबाट गोल गरेका थिए ।

संकटा क्लबले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित

यसैगरी बिहिवार नै भएको अर्काे खेलमा संकटा क्लबले हिमालयन शेर्पालाई २–० गोलअन्तरले पराजित गरेको छ । संकटाको जितमा सेड्रिक अबा र अमित तामाङले गोल गरे ।

खेलको ११ औं मिनेटमा नै सेड्रिकले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै अमितले गोल गर्दै संकटलाई दोब्बर अग्रता दिलाएका थिए ।

त्यस्तै, हलचोकस्थित एपीएफको खेल मैदानमा भएको खेलमा विभागीय टिम एपीएफ क्लबले जावलाखेल युथ क्लबसँग १–० गोलअन्तरले पराजित भएको छ । जावलाखेलको जितमा एडम डौम्बियाले गोल गरे । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा गोल गर्दै जावलाखेलले महत्वपूर्ण जित निकालेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);