शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्न सरकारले पहल गर्दैछः शिक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्न सरकारले पहल गर्दैछः शिक्षामन्त्री

४ फागुन, काठमाडौं । शिक्षामन्त्री धनिराम पौडेलले नेपालको शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्न सरकारले पहल थालेको बताउनुभएको छ ।

शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्न  सरकारले पहल गर्दैछः शिक्षामन्त्री

४ फागुन, काठमाडौं । शिक्षामन्त्री धनिराम पौडेलले नेपालको शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्न सरकारले पहल थालेको बताउनुभएको छ ।

बुधवार राजधानीमा आयोजित सिप्रदी टे«डिङले थालेको शिक्षाका लागि टेस्ट ड्राइभ अभियानको औपचारिक समापन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले निजी उद्यमी क्षेत्रबाट शिक्षामा सहयोग पुगे राज्यलाई शिक्षा नीति परिवर्तन गर्न थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सिप्रदी टे«डिङले अभियानका क्रममा टियागो, जेष्ट र बोल्ट कारहरुलाई देशका एघार वटा शहरहरु अन्तर्गत २४ वटा विद्यालयहरुमा टेस्ट ड्राइभका लागि राखिएको थियो । टेस्ट ड्राइभमा सहभागी विद्यालयहरुलाई सहयोग स्वरुप चेक हस्तान्तरण पनि गरिएको थियो ।

अभियान सुरु भएको तीन महिनामा १० हजार ७२ जनाले टेस्ट ड्राइभमा सहभागीता जनाएको आयोजकले जानकारी दिएका छन् ।

Leave a Reply