शिक्षा ऐन कार्यान्वयनको तयारी भइरहेको छः शिक्षामन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

शिक्षा ऐन कार्यान्वयनको तयारी भइरहेको छः शिक्षामन्त्री पौडेल

५ फागुन, काठमाडौं । शिक्षा मन्त्री धनिराम पौडेलले शिक्षा नियमावली छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।

शिक्षा ऐन कार्यान्वयनको तयारी भइरहेको छः शिक्षामन्त्री पौडेल

५ फागुन, काठमाडौं । शिक्षा मन्त्री धनिराम पौडेलले शिक्षा नियमावली छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले शिक्षा नियमावली छलफलको अन्तिम चरणमा रहेको बताउँदै छिटो कार्यान्वयनमा ल्याउने तयारी भइरहेको बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेकोले ऐन कानुनको निर्माण गर्दै यस क्षेत्रमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पौडेलले ग्रामीण क्षेत्रमा सरकारले बिद्यालय बनाएपनि बिद्यार्थीहरु शहर केन्द्रित हुँदा समस्या देखिएको बताउनुभयो । उहाँले शिक्षालाई विकेन्द्रिकरण गर्नका लागी ग्रामीणमा शैक्षिक पूर्वाधारको विकास गर्दै गुणस्तरीय शिक्षाको लागि सरकारले तयारी गरीरहेको जानकारी दिनुभयो ।

उहाँले सबैले आ–आफनो क्षेत्रको जिम्मेबारी बहन गरे शिक्षा क्षेत्रमा छिटै प्रगती हुने बताउनुभयो । सबै विद्यालयहरुमा शैक्षिक सत्र भित्रै पुस्तकहरु बितरण हुनुपर्ने भन्दै वितरण प्रणालीमा भएको अनिमितता प्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);