बल्ल पूर्णता पायो निर्वाचन आयोगले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बल्ल पूर्णता पायो निर्वाचन आयोगले

५ फागुन, काठमाडौं । तीन जना आयुक्तहरुको सपथ ग्रहणसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ ।

आजबाट निर्वाचन आचारसंहीता लाग्ने

५ फागुन, काठमाडौं । तीन जना आयुक्तहरुको सपथ ग्रहणसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ ।

बिहीबार राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त निर्वाचन आयुक्तहरु पूर्व प्रशासकहरु नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौडेल र सुधिरकुमार शाहले पद तथा गोपनियताको सपथ ग्रहण लिएसँगै आयोगले पूर्णता पाएको हो ।

संवैधानिक परिषद्को सिफारिस संसदीय सुुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले आयुक्तहरु नियुक्त गर्नुभएको हो । सपथ ग्रहण पश्चात पदभार ग्रहण गर्नुहुदै नवनियुक्त निर्वाचन आयुक्त इश्वरी प्रसाद पौड्यालले स्वच्छ, स्वतन्त्र, शान्तिपूर्ण र पारदर्शी रुपमा स्थानीय तहको निर्वाचन गराउनु आफ्नो पहिलो कर्तव्य भएको बताउनु भयो ।

उहाँले निर्वाचनलाई राजनीतिक हस्तक्षेपबाट स्वतन्त्र राख्नमा आफ्नो प्रयास रहने बताउनु भयो । साथै आयोगले स्वतन्त्र रुपमा काम गर्न पाउनुपर्ने भन्दै उहाँले आगामी निर्वाचनमा राजनीतिक हस्तक्षेप हुन नहुने उल्लेख गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);