मेची अञ्चलमा अझै छैन एउटा राम्रो दमकल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मेची अञ्चलमा अझै छैन एउटा राम्रो दमकल

mechi

खगेन्द्र घिमिरे  

मेची, २३ पुस । मेचीनगर नगरपालिकाले एउटा दमकल समेत चुस्त दुरुस्त राख्न सकेको छैन । झापामा भएको प्रत्येक आगलागीमा दमकल समयमा नपुगेको कारण पीडितहरुले ठूलो क्षति व्यहोर्नु परिहेको छ ।

मंशिर ९ गते झापाको शिवसताश्री नगरपालिका–७, मा आगलागी भयो । आगलागीका कारण एकै परिवारको ४ जनाको मृत्यु भयो भने छिमेकीको घरमा समेत सामान्य क्षतिपुग्यो । त्यसैगरी, पुष १२ गते फेरी झापाको मेनीनगरपालिका–६, मा आगालागी भयो । आगलागीमा २२ घर जलेर नष्ट भए । यस वाहेक पनि झापामा छिटफुटका आगलागीका घट्ना भई नै रहेका छन् । तर, प्रत्येक आगलागीमा दमकल नपुगेका कारण सर्वसाधरणले ठुलो क्षति व्यहोर्नुपरेको छ ।

महानगरमा कार्यरत कर्मचारीका अनुसार पछिल्लो समयमा झापामा भएका कुनै पनि आगलागीका घट्नामा समयमा दमकल नपुग्नुको मुख्य कारण दमकल समयमा मर्मत सम्भार नहुनु रहेको बताउँछन् । २ वटा पानीहाल्ने पाईपमध्ये एउटामा दुलो परेको छ । आगो नियन्त्रण गर्ने यन्त्र फायर अहिले सम्म परिर्वतन गरिएको छैन । आगलागि भएपछि हतार हतार पानी भर्नेदेखि सामान किन्न जानु पर्ने वाध्यता रहेको कर्मचारीको भनाई छ ।

यसरी मेचीनगर नगरपालिकाले दमकल सेवाका लागि भन्दै नगर क्षेत्रबाट सेवा शुल्क वापत २० रुपैयाँ लिदै आएको छ । तर, जनताले सेवा भने पाएका छैनन् । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले दमकल समयमा नपुग्ने गरेको भन्ने हल्ला निराधार रहेको जवाफ दिए ।

यसरी एउटा सामान्य विषय दमकललाई समेत मेचीनगर नगरपालिकाले चुस्त दुरुस्त राख्न सकेको छैन । आफु निर्वाचित भए, ठुलो विकास गर्ने आशा दिलाउने यिनी जनप्रतिनिधीहरु आगो निभाउने दमकल बारमा आफै जानकार देखिदैनन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);