माग पुरा नभए तोकिएको समय अगाडि सत्याग्रह शुरु गर्ने डाक्टर केसीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माग पुरा नभए तोकिएको समय अगाडि सत्याग्रह शुरु गर्ने डाक्टर केसीको चेतावनी

Dr Govinda Kc

काठमाडौं, २३ पुस । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै लामो समय देखि आन्दोलन गदै आएका डाक्टर गोविन्द केसीले आफ्ना माग पुरा नभए सत्याग्रह शुरु गर्न चेतावनी दिएका छन् ।

डाक्टर केसीले सोमवार काठमाडौंमा प्रत्रकार सम्मेलनको आयोजना गरी आफुसंग भएको सम्झौता विपरित संसदको उपसमितीले आइतवार चिकित्सक विधेयक सम्बन्धी प्रतिवेदन पास गरेको भन्दै नसच्याए सत्याग्रह शुरु गर्ने चेतावनी दिएका हुन् ।

उपसमितीले तयार पारेको प्रतिवेदन सोमवार संसदमा पेश हुँदै छ । यो प्रतिवेदनमा आफुले राखेका बुँदा सच्याउने विषयमा नेता देखि संसदीय समिति समेत जवाफदेही नभएको डाक्टर केसीले बताए ।

डाक्टर केसी लामो समय देखि स्वास्थ्य शिक्षा सुधारका लागि अनसन बस्दै आएका छन् । तर, डाक्टर केसीको मागलाई सरकारले सम्बोधन गदै आए पनि कार्यन्वयन भने हुने गरेको छैन । जसका कारण डाक्टर केसी पटक–पटक अनसन बस्नु परिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);