१६औं अनसन सुरु गर्न इलाम पुगेका डाक्टर केसीको आन्दोलन एकहप्ता स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

१६औं अनसन सुरु गर्न इलाम पुगेका डाक्टर केसीको आन्दोलन एकहप्ता स्थगित

सरकारले सम्झौता पालना नगरे पुुस २५ गतेदेखि अनसन बस्ने डा. केसीको घोषणा

काठमाडौं, १८ पुस । डाक्टर गोविन्द केसीले सरकारले आफूसँग भएको संझौता पालना नगरे आगामी २५ गतेदेखि अनसन बस्ने घोषणा गरेका छन् ।

संसदमा विचाराधिन विधेयकमा आफ्ना माग संबोधन हुन नदिन सत्तापक्ष नैं लागिरहेको भन्दै १६औं अनसनस्थल इलाम बनाउन त्यहाँ पुगेका डाक्टर केसीले बुधबार पत्रकार सम्मेलन गरि संसदीय समितिको आग्रहमा अनसन एकहप्ता पछि सारेको बताए ।

उनले सरकारले केहि दिन पर्खन भनेका कारण आफूले एक हप्ताको समय दिएको भन्दै माग पुरा नभएर आगामी २५ गतेबाट अनसन सुरु गर्ने बताए ।

डाक्टर केसीले माग पुरा गर्ने विषयमा सत्तापक्षको चलखेल बुँझे केही दिनभित्रै पनि आन्दोलन सुरु गर्नसक्ने बताए । १५औं अनसन जुम्लाबाट सुरु गर्नु अघि नैं सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक डाक्टर केसीकै माग संबोधनका विषयमा भएको विमतिका कारण संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधिन छ ।

डाक्टर केसी बुधबार अनसन सुरु गर्ने घोषणा गर्दै इलाम पुगेपछि संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तिले फोन गरेर केहि दिन सत्याग्रहको आन्दोलनमा नजान आग्रह गरेको डाक्टर केसीले बताए । चिकित्सा शिक्षा सुधारको माग राख्दै उनले १५औं पटक अनशन बसिसकेका छन् ।

ताजा समाचार