मेयर र उपमेयरका गाडी आए, दमकल आएनन् | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

मेयर र उपमेयरका गाडी आए, दमकल आएनन्

mmayar gadi

बुटवल,११ चैत । फागुन अन्तिम साता कपिलवस्तुको विजयनगरका छोटकी यादवको घरमा आगो लाग्यो । आगो निभाउन गाउँमा हारगुहार गरे । स्थानिय  र प्रहरीले आगो निभान त सके तर उनका तीन बर्षीया छोरी राजकुमारी यादव आगोमै जलिन् । आगो निभिसकेपछि मात्रै दमकल घटनास्थल आयो । आगलागीका यस्ता छटना धेरै भएका छन् । आगलागीका घटनामा दमकलको पहुँच नभएकै कारण केरै क्षति पुगेको छ ।

तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकामा दमकल किन्ने चर्चा मात्रै भयो । मेयर र उममेयरले चढ्ने गाडी तत्कालै आए तर दमकल अझै आएका छैनन् । तिलोत्तमा नगरपालिकाले सिद्धार्थनगर र बुटवलसँग संयुक्त रुपमा दमकल सञ्चालन गर्ने भन्दै अहिलेसम्म खरि गरेका छैनन् ।

फागुन महिनामा मात्रै रुपन्देहीका १६ आगलागीमा साढे दुई करोडको धनमाल क्षति भएको छ । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ११ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);