यस्तो बन्दै छ एकीकृत कम्युनिष्ट पार्टीको संरचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

यस्तो बन्दै छ एकीकृत कम्युनिष्ट पार्टीको संरचना

oli prachanada

काठमाडौं, ११ चैत । विधान मस्यौदा कार्यादलमा भएको छलफलमा शिक्षक, स्वास्थ्यकर्मी, प्राध्यापक, चिकित्सक, निजामति कर्मचारीलगायत पेसागत संगठनलाई एउटै महासंघअन्र्तगत राखेर जनसंगठन बनाउने समझदारी भएको छ ।

त्यस्तै, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल टेड युनियन महासंघ नेपालको नाम संक्षिप्त बनाउने तयारी छ ।
युवा संघ नेपाल र वाईसिएल एकतापछिको नाम भने के राख्ने टुंगो छैन । एमाले र माओवादी पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझादारी गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि पुच्छार हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यादलमा समझादारी भएको छ ।

एमालेमा २२ र माओवादीका २४ संगठन छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);