एसईईबाट वञ्चित विद्यार्थी भन्छन् 'पढेको के अर्थ भयो र ?' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एसईईबाट वञ्चित विद्यार्थी भन्छन् ‘पढेको के अर्थ भयो र ?’

see student

विराटनगर, ११ चैत । परीक्षा केन्द्रबारे विद्यार्थीलार्इ सही जानकारी र सूचना नदिइँदा मोरङका धेरै विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) बाट वञ्चित भएका छन् । विगतमा नियमित र एक्जाम्टेडलाई एकसाथ राखेर परीक्षा लिने गरिए पनि यसपटक एक्जाम्टेडतर्फका परीक्षार्थीको केन्द्र सदरमुकाममा निर्धारण गरिएको छ ।

तर, विद्यालयले एक्जाम्टेड विद्यार्थीलाई केन्द्रको जानकारी नदिएका कारण विराटनगरका मात्रै एक सय विद्यार्थी परीक्षाबाट वञ्चित भएका हुन् ।  जितेन्द्रनारायण ठाकुरले लेखेको समाचारअनुसार, विराटनगरका दुई विद्यालयमा एक्जाम्टेड विद्यार्थीका लागि बेग्लै परीक्षा केन्द्र कायम गरिएको छ ।

रतुवामाइ नगरपालिकाका रम्भा यादवले केन्द्रबारे जानकारी नपाउँदा पहिलो दिनको परीक्षा छुटेको दुखेसो गरे । उनले भने, बर्षभरि लगाएर गरेको मेहनत खेर गयो, परीक्षा नै दिन नपाएपछि पढेको के अर्थ भयो ,आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);