पर्याप्त छैनन् दमकल : ठुलो आगो लागे के गर्ने ? | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

पर्याप्त छैनन् दमकल : ठुलो आगो लागे के गर्ने ?

damkal

काठमाडौं, १० बैशाख । गत चैत ७ गते बेलुकीपख सुन्धारास्थित शालिमार होटल रहेको भवनमा आगलागी भयो दमल र सुरक्षाकर्मीको टोली आएर आगो नियन्त्रणमा लिए । यी त काठमाडौँमा भएका केहि आगलागीमा प्रतिनिधि प्राप्त हुन् । उपत्यकामा मध्यम खालको अगालागी दैनिकजसो नै भईरहेको हुन्छन् ।

काठमाडौं महानगरपालिका घटना हुने गरेको जुद्ध वारुणयन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटी बताउछन् । यस्ता घटनामा साँघुरो गल्ली, सडकका खाल्डाखुल्डी र ट्राफिक जामको बाहना बनाउँदै दमकल ढिलो पुग्ने गर्छ । दमकल सेवाको फोन नम्बर १०१ मा फोन आउनुको सट्टा प्रहरीलाई फोन जाने र त्यहाँबाट दमकलमा खबर आउँदा पनि ढिलो हुने गरेको नगरकोटीको दावी छ ।

सहरी क्षेत्रमा मात्रै नभएर देशमै दमकलको संख्या अत्यन्तै न्युन छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिकासहित सात सय ५३ स्थानीय तहमा ७१ वटा मात्रै दमकल रहेको संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विपद् तथा अग्नि नियन्त्रण शाखाको तथ्यांक छ ।,आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);