आफ्नो क्षेत्रलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने होडबाजी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

आफ्नो क्षेत्रलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने होडबाजी

स्थानीय तहहरुबीच आफ्नो क्षेत्रलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने होडबाजी चलेको छ ।

khulla disa mukta area

काठमाडौं, २४ फागुन । स्थानीय तहहरुबीच आफ्नो क्षेत्रलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने होडबाजी चलेको छ । स्थानीय तहहरुबीच पूर्वाधारलाई पूरै उपेक्षा गरी आफ्नो क्षेत्रलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने होडबाजी चलेको हो ।

खुला दिशामुक्त क्षेत्र घोषणा गरिनु सकारात्मक भएपनि पूर्वाधारलाई बेवास्ता गरी लहडमा होडबाजीमा उत्रिएकामा स्थानीय तहको आलोचना हुन थालेको छ । स्थानीय तहहरुबीच केही समययता आफ्नो क्षेत्रलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने क्रम फेसन जस्तै बनेको छ । त्यो फेसनको होडबाजीमा ललितपुरको महालक्ष्मी महानगरपालिका पनि सहभागी भएको छ । काठमाडौं उपत्यकाभित्रको सहरी क्षेत्रमा रहेर पनि महालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रलाई बल्ल खुला दिशामुक्त क्षेत्र घोषणा गरेको छ । नगरपालिकाले विहिबार वडा नम्बर ८, ९ र १० लाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएसँगै अब आफ्नो सबै क्षेत्र खुला दिशामुक्त क्षेत्र भएको बताएको छ ।

नगरपालिकाले पूर्वाधारविना खुला दिशामुक्त क्षेत्र घोषणा गरेकामा नगरवासीले भने आलोचना गरेका छन् । सार्वजनिक शौचालयविनै नगरपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिनु औचित्यहीन भएको बताएका छन् । उनीहरुले नगरपालिकाले औपचारिक समारोह गरेर घोषणा गर्नुभन्दा ठाउँठाउँमा सार्वजनिक शौचालय बनाउन सुझाव दिएका छन् ।

नगरपालिकामा हालसम्म एउटै सार्वजनिक शौचालय छैन । नगरपालिका भने खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने काम सकिएकाले अब पहिचान गरिएका सार्वजनिक स्थलमा शौचालय निर्माणको काम अघि बढाउने बताउँछ । शौचालय र अन्य पूर्वाधारविना आफ्नो क्षेत्रलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने महालक्ष्मी नगरपालिकामा एक्लो र पहिलो होइन । यसअघि अन्य स्थानीय तहले पनि आफ्नो क्षेत्रलाई खुला दिशामुक्त घोषणा गरेका छन् र ती स्थानीय तहका कतिपय परिवारले अझैसम्म पनि शौचालय निर्माण गरेका छैनन् ।

यसैले स्थानीय तहहरुले घोषणा गर्ने होडबाजीभन्दा पूर्वाधार विकास र जनचेतना जगाउने कामलाई प्राथमिकता दिन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);