सुनकोसी नदीको धार परिवर्तनपछि स्थानीयबीच विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनकोसी नदीको धार परिवर्तनपछि स्थानीयबीच विवाद

सिन्धुली, २४ फागुन । सुनकोसी नदीको धार परिवर्तन गरिएपछि रामेछाप र सिन्धुलीका स्थानीयबीच विवाद बढेको छ । दुई जिल्लाको सिमाना भएर बग्ने नदीको बहाव रामेछापतर्फ पठाएपछि विवदा सुरु भएको हो ।

सिन्धुलीका क्रसर व्यवसायीले स्काभेटर प्रयोग गरेर पानीको बहाव रामेछापतर्फ पठाएका हुन् । सिन्धुलीको कुशेश्वर सादीडा र रामेछापको खाँडादबीचमा रहेको नदीको बहावलाई रामेछापतर्फ पठाइएपछि विवाद भएको रामेछाप खाँडादेवी गाउँपालिका १ का वडा अध्यक्ष विष्णु श्रेष्ठले बताए ।

व्यवसायीले गिट्टी, ढुङ्गा, बालुवा निकासी गर्न नदीको धार परिवर्तन गराएका हुन् । तत्काल दनी पुरानै धारमा नफर्काए आन्दोलनमा उत्रने रामेछापका स्थानीयले चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);