सर्वोच्चलाई अटेर गर्दा उपत्यकामा डुबान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्वोच्चलाई अटेर गर्दा उपत्यकामा डुबान

hanumante khola

काठमाडौं, ३० असार । भूमाफियाले हडपेको जग्गा फिर्ता सम्बन्धि सर्वोच्च अदालतको आदेश र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नहुँदा राजधानीका नदी आसपास बर्सेनि बाढी र डुबानको सास्ती व्यहोर्नु परेको छ ।

उपत्यकास्थित बागमती, विष्णुमती, इच्छुमती (टुकुचा), धोवीखोला, मनोहरा, गोदावरीलगायत नदी तथा खोलाको प्राकृतिक बहाव नै छेकेर भूमाफियाले जमिन अतिक्रमण गर्दा वर्षायाममा नदी तथा खोला मानव बस्ती पसेर जनधनको क्षति हुने गरेको छ ।

उपत्यकाका अधिकांश नदी तथा खोला अतिक्रमणकै योजनाअनुसार करिडोरमा बाटो बनाएर नदीलाई सीमित दायरामा कैद गरिएको छ । खोलाको प्राकृतिक बहाव छेकेर भूमाफियाको सेटिङमा नदीको धार साँघुरो बनाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);