फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग परियोजना विकासको प्रारम्भिक सम्झौता | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग परियोजना विकासको प्रारम्भिक सम्झौता

उपत्यकाको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरिएको छ ।

fohor

काठमाडौं, २४ फागुन । उपत्यकाको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरिएको छ । लगानी बोर्डले बुधबार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निजी कम्पनी नेपवेष्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरेको हो ।

२ महिना भित्र सम्झौतालाई अन्तिम रुप दिई काम सुरु गर्ने गरी कम्पनीसँग प्रारम्भिक सम्झौंता गरिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । नेपवेष्ट नेपालको अर्गानिक भिलेज र फिनल्याण्डको कम्युनिकेशन प्रालिको जोइन्ट भेन्चर कम्पनी हो । बुधबार कम्पनीले उपत्यकाको फोहोर उठाउने कामको प्रारम्भिक सम्झौता गरेको हो ।

२ महिना भित्र सम्झौतालाई अन्तिम रुप दिनेवित्तिकै काठमाडौं उपत्यकाको फोहोर कम्पनीले उठाउन थाल्नेछ । पहिलो चरणमा यो परियोजना कार्यान्वयन गर्न ४ अर्ब ४० करोड रुपैँया लाग्ने बोर्डको अनुमान छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);