काठमाडौंको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग सम्झाैता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौंको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग सम्झाैता

काठमाडौं, २३ फागुन । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग परियोजना विकासको प्रारम्भिक सम्झाैता गरिएको छ ।

लगानी बोर्डले बुधबार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निजी कम्पनी नेपवेष्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरेको हो ।

२ महिना भित्र सम्झौतालाई अन्तिम रुप दिई कामै सुरु गर्ने गरी नेपवेष्ट कम्पनीसँग उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रारम्भिक सम्झौंता गरिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

परियोजना लगानी सम्झौतालाई मन्त्रीपरिषद बैठकले अनुमोदन गरेपछि कम्पनीले काठमाडौंको फोहोर उठाउन सुरु गर्नेछ । सम्झौता भएको ६ महिना भित्र फोहोर उठाउन आवश्यक तयारी गर्ने म्याद दिइएको पनि प्रमुख कार्यकारी अधिकृत अधिकारीले स्पष्ट पारे ।

काठमाडौं उपत्यका भित्रका सबै स्थानीय तहलाई सहभागी गराउनुपर्ने भएकाले फोहोर व्यवस्थापनको काम सुरु गर्न केही ढिलाई हुने लगानी बोर्डको भनाई छ ।

नेपवेष्ट नेपालको अर्गानिक भिलेज र फिनल्याण्डको कम्युनिकेशन प्रालिको जोइन्ट भेन्चर कम्पनी हो । बुधबार कम्पनीले उपत्यकाको फोहोर उठाउने कामको प्रारम्भिक सम्झौता गरेको हो । २ महिना भित्र सम्झौतालाई अन्तिम रुप दिनेवित्तिकै काठमाडौं उपत्यकाको फोहोर कम्पनीले उठाउन थाल्नेछ ।

पहिलो चरणमा यो परियोजना कार्यान्वयन गर्न ४ अरव ४० करोड रुपैयाँ लाग्ने बोर्डको अनुमान छ । यो परियोजना २०१० सालमै स्थापना गरिएको थियो । कम्पनीले २० वर्षसम्म सरकारलाई १ अरव ८० करोड रुपैयाँ रोयल्टी बुझाउनुपर्नेछ । कम्पनीले संकलित फोहोर प्रशोधन गरी विजुली, ग्याँस, कम्पोष्ट मल उत्पादन गर्ने योजना बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);