वीरगन्ज चिनी मिलको जग्गा बेच्ने निर्णयविरुद्ध प्रदेश २ सरकारले मुद्दा दायर गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

वीरगन्ज चिनी मिलको जग्गा बेच्ने निर्णयविरुद्ध प्रदेश २ सरकारले मुद्दा दायर गर्ने

pradesh 2 karyalaya

वीरगन्ज, २३ फागुन । वीरगन्ज चिनी मिलको जग्गा बेच्ने संघीय सरकारको निर्णयविरुद्ध प्रदेश २ को सरकारले संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश २ को मन्त्रिपरिषद्को बैठकले चिनी मिलको जग्गा बिक्री रोक्न र सरकारी कार्यालय आफ्नो मातहत ल्याउन संघीय सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारी जग्गा हस्तान्तरण, वीरगन्जको चिनी मिलको जग्गा बिक्रीमा रोक र संघीय सरकार मातहत रहेको कार्यालय प्रदेश मातहत ल्याउन संवैधानिक इजलासमा मुद्दा हाल्ने निर्णय गरेको हो । संघीय सरकारले वीरगन्ज चिनी कारखानाको जग्गा बिक्री गर्ने निर्णय गरेपछि प्रदेश सरकारले त्यसविरुद्ध मुद्दा हाल्ने तयारी गरेको जनाएको छ ।

यही फागुन ५ गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले वीरगन्ज महानगरपालिका–१४ स्थित चिनी कारखानाको जग्गामध्ये ६ बिघा जग्गा बिक्री गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी प्रदेश मन्त्रिपरिषद्को बैठकले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत अति विपन्न दलित र मुस्लिम छात्रालाई महिनाको ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);