छिट्टै काममा फर्किने प्रधानमन्त्री ओलीको सन्देश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

छिट्टै काममा फर्किने प्रधानमन्त्री ओलीको सन्देश

pm oli

काठमाडौं, २३ फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा स्वास्थ्यलाभ गरिरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा तीब्र सुधार आइरहेको जनाइएको छ । प्रधानमन्त्री ओलीको गत बुधवार महाराजगञ्जस्थित त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

शुक्रवार सचिवालयका सदस्य बिष्णु रिमालले ट्वीट गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार आएको भन्दै छिट्टै काममा फर्किने बताउनु भएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहनु भएका रिमालले शल्यक्रियापछि पहिलो पटक प्रधानमन्त्रीसँग कुराकानी गर्ने अवसर पाएको भन्दै प्रधानमन्त्री ओलीले छिट्टै काममा फर्किने सन्देश दिनुभएको ट्वीटमा जनाउनु भएको छ ।

चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);