चुरेको ढुंगा, गिट्टटी, बालुवा बेच्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आज सुनुवाई हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चुरेको ढुंगा, गिट्टटी, बालुवा बेच्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आज सुनुवाई हुँदै

काठमाडौं । सरकारले चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णयकाविरुद्ध दायर भएको रिटमाथि आज शुक्रबार सर्वोच्चमा सुनुवाई हुँदै छ ।

सरकारको सो निर्णयविरुद्ध दायर भएको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा न्यायाधीहरु दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ रहेका छन् ।

सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय सार्वजनिक गरेपछि सो निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. पुण्य प्रसाद खतिवडा सहित ७ जनाले सरकारको सो निर्णयविरुद्ध रिट दर्ता गराएका छन् ।

रिट निवेदकहरुले सो निर्णय देशको हितमा नरहेको भन्दै त्यसको कार्यान्वयमा तत्काल रोक लगाउन अन्तरिम आदेशका माग गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);