शौचालय बनेको ९ बर्ष, निर्माण भएदेखि नै शौचालयमा ताला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शौचालय बनेको ९ बर्ष, निर्माण भएदेखि नै शौचालयमा ताला

sauchalaya

प्रेम भाट,
बैतडी, १९ असार । बैतडीको प्रमुख ब्यापारीक केन्द्र गोठलापानी, साहिलेक तथा पाटन बजारमा सार्वजनिक शौचालय बनेको ९ बर्ष बित्यो । तर निर्माण भएदेखि नै शौचालयमा ताला झुन्डाएर राखिएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका र तत्कालीन जिविसले ९ बर्षअघि गोठलापानी, साहिलेक तथा पाटन बजारमा सार्वजनिक शौचालय बनाएको थियो । तर अहिलेसम्म शौचालय प्रयोगमा आएको छैन । शौचालय प्रयोगमा नआउँदा बजार क्षेत्रका स्थानीयलाई समस्या भएको छ ।

बैतडी सदरमुकामलाई २ बर्षअघि नै खुला दिसामुक्त घोषणा गरिएको थियो । तर सार्वजनिक शौचालय प्रयोगमा नआउँदा खुला दिसामुक्त घोषणा व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । पानीको अभाव भएको भन्दै सार्वजनिक शौचलय प्रयोगमा नल्याइएको हो । जिल्लाको सरकारी कार्यालयहरुमा समेत शौचालय छैन । प्रयोगमा नआइ जीर्ण भएका शौचालयलाई तत्काल प्रयोगमा ल्याउन स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);