काठमाडौं, १९ असार । शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले प्रविधिको विकाससंगै शिक्षामा बैज्ञानिकीकरण आवश्यक रहेको बताएका छन् ।
डाक्टर डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तराष्ट्रिय शान्ति पुरस्कार वितरण गर्दे उनले डिल्लीरमण रेग्मीको शान्ति, शिक्षा, इतिहाँस र बिज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताए । शान्तिकालागि डाक्टर डिल्लीरमण रेग्मीको भूमिका महत्वपूर्ण रहेको बताए । शिक्षा र चेतना अहिलेको आवश्यकता भएको भन्दै उनले सरकारले ग्रामीणमुखि शिक्षामा जोड दिएको बताए ।
यसबर्षको डाक्टर डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारबाट शान्ति र अनुसंधानको क्षेत्रमा काम गरेबापत हरिराम जोशी र अन्तराष्ट्रिय शान्ति पुरस्कारबाट शान्ति र अहिंशाको क्षेत्रमा काम गरेबापत युनेस्को प्रतिनिधि क्रिश्यिन म्यानहारलाई प्रदान गरीएको छ । डाक्टर डिल्लीरमण रेग्मी प्रतिष्ठानले प्रत्येक बर्ष शान्तिलगायतका बिभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्दे आएको छ ।




