विद्यालयको पुनर्निर्माणपछि विद्यार्थी र अभिभावक हर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

विद्यालयको पुनर्निर्माणपछि विद्यार्थी र अभिभावक हर्षित

school-clip-art

रामेछाप, १६ पुस । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा रहेको जगदम्बा आधारभूत विद्यालयको भूकम्प प्रतिरोधी पक्की भवन बनेपछि विद्यार्थी र अभिभावक दंग देखिएका छन् । पक्की भवन बनेसँगै ३३ महिनादेखि टहरामा पढेका विद्यार्थी र अभिभावक हर्षित बनेका छन ।

एक अन्तर्राष्ट्रिय संस्थाले रामेछापको मन्थली नगरपालिका–८, चिउरीपानीमा रहेको जगदम्बा आधारभूत विद्यालयका लागि दुईवटा प्रतिरोधात्मक भवन बनाइदिएपछि विद्यार्थी, शिक्षक, अभिभावक र गाउँ नै हर्षित बनेका हुन । डनबक्स सोसाइटीले एक करोड ५५ लाख रुपैयाँ लागतमा नौ कोठे भवन बनाइदिएपछि विद्यार्थीलाई राहत मिलेको छ ।

२०७२ को महाभूकम्पपछि रामेछापका अधिकांश विद्यार्थी टहरामै पढिरहेका छन् । विद्यार्थी भूकम्पप्रतिरोधी भवनमा पढ्न थालेपछि अभिभावक पनि दंग छन् ।

विद्यार्थीले कष्टकर ढंगले पढिरहेको देखेपछि भवन निर्माणमा सहयोग गरेको डनबक्सले जनाएको छ । २०७२ सालको महाभूकम्पका कारण रामेछापका चार सय १९ विद्यालय भवन भत्किएका थिए । तीमध्ये तीन सय १९ विद्यालय भवन पुनर्निर्माण भइरहेका छन् भने एक सय विद्यालयको पुनर्निर्माण सुरु हुनसकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);