भूकम्प गएको ३२ महिनापछि विद्यालयको पुनः निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भूकम्प गएको ३२ महिनापछि विद्यालयको पुनः निर्माण सम्पन्न

नवराज श्रेष्ठ
रामेछाप, ९ माघ । भूकम्प गएको ३२ महिनापछि रामेछापको सुनापति गाउँपालिका १ गुन्सीमा रहेको सतालिङगेश्वर माध्यामिक विद्यालय भवनको पुनः निर्माण सम्पन्न भएको छ । नयाँ भवन बनपछि शिक्षक, विद्यार्थी र अभिभावक खुशी भएका छन् । भवन बनेपछि टहर र खुल्ला चौरमा पठन पाठान संचालन गर्नुपर्ने बाध्यता हटेको छ ।

भूकम्प गएको ३२ महिनापछि रामेछापको सुनापति गाउँपालिका १ गुन्सीमा रहेको सतालिङगेश्वर माध्यामिक विद्यालयको भवन बनेको हो । भूकम्पले भवन भत्किएपछि खुल्ला चौरमा पठन पाठन संचालन गरिएको थियो ।

जर्मनी सुलर हिफे फियर नेपाल नामक संस्थाको १ करोड २५ लाखको सहयोगमा सो विद्यालयको भवन बनाइएको हो । बालमैत्री र अपाङ्ग मैत्री बनाइएको भवनबाट ८ सय विद्यार्थी र २१ जना शिक्षकलाई राहत मिलेको छ । सुविधा सम्पन्न भवन निर्माण हुँदा विद्यार्थी, शिक्षक, अभिभावक मात्रै हैन सिङगो समुदाय नै हर्षित भएका छन् ।

रामेछापमा भूकम्पका कारण ४ सय १९ विद्यालयमा क्षति भएको थियो । अहिले ३ सय १९ विद्यालयको पुननिर्माणको काम भैरहेको छ । अझै १ सय भन्दा बढि विद्यालयमा पुननिर्माण भएको छैन । बनाउन सुरु गरिएको विद्यालय पनि बालमैत्री र अपाङग मैत्री बनाउन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);