नयाँ भवन हस्तान्तरण नहुँदा पुरानैमा पठनपाठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नयाँ भवन हस्तान्तरण नहुँदा पुरानैमा पठनपाठन

नयाँ भवन बनेको तीन बर्ष बित्यो तर पुरानै भवनमा पठन-पाठन

अजितकुमार झा

सुनसरी, ७ फागुन । सुनसरीको इनरुवा १ मा रहेको भगवती माध्यामिक विद्यालयको नयाँ भवन बनेको तीन बर्ष बित्यो । तर विद्यालयले पुरानै जीर्ण भएको भवनमा पठनपाठन संचलन गरिरहेको छ । जीर्ण भवनमा जोखिम मोलेर विद्यार्थीहरु पढन् बाध्य छन् ।

कतै भवनको अवभामा बिद्यार्थीहरु खुल्ला चौर र जीर्ण भवनमा पढ्न बाध्य छन् त कतै भवन भएर पनि विद्यार्थीले पढ्न पाएका छैनन् । सुनसरीको इनरुवा १ मा रहेको भगवती माध्यामिक विद्यालयको नयाँ भवन बनेको तीन बर्ष बित्यो तर विद्यालयले पुरानै भवनमा पठन पाठन संचालन गरिरहेको छ । विद्यालयका लागि १८ कोठाको तीन तल्ले नयाँ भवन बनाइएको छ । जीर्ण भवनमा जोखिम मोलेर बालबालिकाले पढ्न बाध्य भएको अभिभावको गुनासो छ ।

वर्षाको समयमा पानी चुहिने र गर्मीमा अत्याधिक गर्मी तथा जाडोको समयमा सित चुहिने भवनमा पढ्नु परेको विद्यार्थीहरुको गुनासो छ ।

भारतको सहयोगमा २०७२ सालमै ३ करोडको लागतमा भवन बनाइएको हो । नयाँ भवन हस्तान्तरण नभएकाले पुरानै भवनमा पठनपाठन संचालन गर्नुपरेको विद्यालयको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);