धराप कि विद्यालय ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

धराप कि विद्यालय ?

arunodaya school

काठमाडौं, २६ पुस । काठमाडौंको ढोकाबहालस्थित अरुणोदय आधारभूत विद्यालय करिब साढे दुई आना जग्गामा बनेको छ । तीन मिटर चौडाइ र २६ मिटर लम्बाइ रहेको विद्यालय भवन दुवैतिरबाट सडकसँग सटिएको छ । कक्षाकोठाको ढोका खोल्नेबित्तिकै विद्यार्थी हुत्तिएर सडकमै आइपुग्छन् ।

०७२ को भूकम्पले चर्काएपछि विद्यालय भवनमा अति जोखिमपूर्ण भन्दै रातो स्टिकर टाँसिएको थियो । तर, धराप बनेको यही भवनमा अहिलेसम्म पढाइ भइरहेको छ । ज्यान जोखिममा पारेर सय विद्यार्थी पढिरहेका छन् । प्राविधिक भन्छन्, ‘पुरानो भवन भत्काएर मापदण्डअनुसार नयाँ बनाउने हो भने राम्रो शौचालय पनि बन्दैन ।’

तीन आनामा निर्मल विद्यापीठ : जीर्ण भवनमा बालबालिका

खिचापोखरीस्थित निर्मल विद्यापीठ आधारभूत विद्यालयको भवन जीर्ण छ । भूकम्पले क्षति पुर्‍याए पनि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । जम्मा क्षेत्रफल तीन आनाको छ, त्यो पनि गुठीको नाममा । दुईतले भवनको माथिल्लो तलामा एउटै हल छ । जहाँ कक्षाकोठाको अभावमा दुई सिफ्टमा पढाइ हुन्छ । तर, भुइँतलाका कोठा भने पसललाई भाडामा दिइएको छ । पुनर्निर्माण गर्न मापदण्ड नै पुग्दैन, जोखिम मोलेरै अभिभावकले आफ्ना छोराछोरी स्कुल पठाइरहेका छन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);