रुकुमको सदमुकाममा वसपार्क नहुँदा पार्किङमा समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रुकुमको सदमुकाममा वसपार्क नहुँदा पार्किङमा समस्या

रुकुम, ९ माघ । रुकुम पश्चिमको सदमुकाम मुसिकोटमा सवारीसाधनको पार्किङमा समस्या भएको छ ।

मुसिकोटको माथिल्लो बजार, पुष्पलाल चोक र तल्नो बजारमा व्यवस्थित वसपार्क नहुँदा पार्किङमा समस्या भएको हो । अव्यवस्थित पार्किङले सवारी दुर्घटनाको जोखिम बढेको छ । पार्किङको व्यवस्थापन गर्न स्थानीय तहले चासो नदिएको स्थाीयको गुनासो छ ।

ठुला र साना सवारी साधनको लागि छुट्टाछुट्टै पार्किङको व्यवस्था मिलाउन स्थानीयको माग छ । त्यस्तै यातायात समितिले जथाभावि टिकट काउन्टर राखेकाले पनि यातायात संचालनमा समस्या भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);