अमेरिकामा दर्ता भयो कराँते एसोसिएसन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

अमेरिकामा दर्ता भयो कराँते एसोसिएसन

काठमाडाैं । नेपाल र नेपालबाहिर छरिएर रहेका कराँतेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’मार्फत खेलाडीहरूको कला र कौशल विकास गराउने उद्देश्यले अमेरिकामा यूएस नेपाल कराँते एसोसिएसन अफ अमेरिका नामक संस्था दर्ता भएको छ ।

अमेरिकामा अवकाशप्राप्त जीवन बिताइरहेका नेपालमा कराँते खेलका संस्थापक प्रमुख थानेश्वर राई (टीएस)को नेतृत्वमा उक्त संस्था दर्ता भएको बताइएको छ । अमेरिकास्थित भरमन्ट राज्यमा मुख्यालय रहने गरी दर्ता भएको एसोसिएसनको सचिवमा डीबी राउत रहेका छन ।

३ भदौ २०७८ अर्थात् १९ अगस्ट २०२१ का दिन भरमन्ट राज्यको सचिवालयमा गैरनाफामूलक निगमका रूपमा सस्था दर्ता भएको हो । निर्दलीय पञ्चायती व्यवस्थामा समेत भूमिगत रूपमा कराँते खेललाई प्रवेश गराई राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि नेपालमा कराँते महासंघ गठन गरी त्यसको अगुवाइ गर्ने कामसमेत राईलाई जान्छ ।

नेपालमा लामो समयसम्म कराँतेको प्रमुख हुँदै प्रमुख प्रशिक्षकबाट अवकाश भएपछि अमेरिकामा रहेका राईले बाँकी जीवन विश्वभर छरिएर रहेका कराँतेका खेलाडीहरू एउटै छातामुनि समेट्ने, उनीहरूलाई संगठित गरी तालिमहरूका लागि ’क्लोज क्याम्प’ स संचालन गर्नेदेखि प्रतियोगिताहरूको समेत आयोजना गरिने लक्ष्य राखिएको जनाइएको छ ।

अध्यक्ष राईले दिएको जानकारी अनुसार क्यानडा, अमेरिका, जापान, युरोप र नेपालमा रहेका कराँतेका खेलाडीका लागि प्रशिक्षणको आयोजना गरिनेछ । त्यसमा विश्व कराँते महासंघ र जापान कराँते महासंघका प्रशिक्षकद्वारा प्रशिक्षण दिलाउने कार्यक्रम राखिएको छ ।

एसोसिएसन नेपालबाहिर छरिएर रहेका कराँतेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’मार्फत खेलाडीहरूको पुनर्मिलन, कला र कौशल विकासमा बाँकी जीवन बिताउने प्रतिबद्धतासमेत जाहेर गरे । ’एसोसिएसनको मुख्य उद्देश्य भनेको नेपाल नेपाली खेलाडीहरूलाई सहयोग पु¥याउनु नै हो’, राईले भने। नेपाल कराँते महासंघको आँकडा अनुसार करिब ७ लाख खेलाडी रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);