सुआरेज २ वर्षको लागि एट्लेटिकोसँग अनुबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

सुआरेज २ वर्षको लागि एट्लेटिकोसँग अनुबन्ध

एजेन्सी, १० असोज । उरुग्वेका स्ट्राईकर लुईस स्वारेजले एट्लेटिको मड्रिडसँग २ बर्षको सम्झौता गरेका छन् । स्वारेजले ला लिगाकै अर्को क्लब बार्सिलोनासँगको ३ बर्षको सम्झौता तोडेर एट्लेटिकोसँग औपचारिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य परीक्षणसहित आवश्यक सम्पूर्ण प्रक्रियापछि स्वारेज र क्लबबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो । स्वारेजले शुक्रबारबाटै टोलीको प्रशिक्षणमा सहभागी भएका छन् ।

एट्लेटिको मड्रिडले बार्साका तेस्रो सर्वाधिक गोलकर्ता स्वारेजलाई ६ मिलियन युरो खर्चनेछ । बार्सामा उनको तलब ७४ मिलियन युरो थियो । सन् २०१४ मा ईङ्लिश क्लब लिभरपुलबाट बार्सिलोना पुगेका स्वारेजले २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका थिए ।

बार्साका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेज आफ्नो योजनामा नरहेको बताएसँगै उनले क्लब छाडेका हुन् । सिरी ए क्लब युभेन्टस जाने तयारीमा रहेका स्वारेज पासपोर्ट र नागरिकताको समस्याका कारण रोकिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);