आईपीएलमा दिल्लीको दोस्रो जित, चेन्नई ४४ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

आईपीएलमा दिल्लीको दोस्रो जित, चेन्नई ४४ रनले पराजित

एजेन्सी, १० असोज । इन्डियन प्रिमियर लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । संयुक्त अरब इमिरेट्समा शुक्रबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ४४ रनले हराएको हो ।

जितसँगै दिल्ली लिगको शिर्ष स्थानमा उक्लिएको छ । चेन्नेईको प्रतियोगितामा लगातार दोस्रो हार हो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ३ विकेट गुमाएर १७५ रन बनायो ।

बलियो सुरुवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । शिखर धवन २७ बलमा ३५ रन बनाउँदै आउट भए । पृथ्वी शाले ४३ बलमा ६४ रन, ऋषभ पन्तले ३७, र कप्तान श्रीयस अय्येरले २६ रन बनाए ।

जवाफमा चेन्नेईले निर्धारीत २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रनमा रोकियो । चेन्नइका फाप डुप्लिसिसले ४३ रन केदार जाधवले २५ र कप्तान महेन्द्र सिंह धोनी १५ रनमा आउट भए । दिल्लीका लागि कागिसो राबाडाले तीन विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);