टी-२० क्रिकेट : मंगलवार नेपाल र जिम्वाब्बेबीच भिडन्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

टी-२० क्रिकेट : मंगलवार नेपाल र जिम्वाब्बेबीच भिडन्त

काठमाडौं, १३ असोज । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले मंगलबार टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दैछ ।

सिरिज अन्तर्गत पहिलो खेलमा पराजय व्यहोरेको नेपालले मंगलबार फेरी जिम्बावेसंग खेल्न लागेको हो । इन्डियन एसोसियसनको मैदानमा नेपाल र जिम्बावेबीचको खेल मंगलवार साँझ सवा ५ बजे सुरु हुनेछ ।

यस अघि शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपाल जिम्बावेलाई हराउने दाउमा रहेको छ ।

आयोजक तथा एसोसियट राष्ट्र सिंगापुरले आइतबार जिम्बावेलाई हराएपछि नेपाललाइ थप हौसला मिलेको छ । आइतबार भएको खेलमा सिंगापुरले जिम्बावेलाई ४ रनले पराजित गरेको थियो ।

सिंगापुरले जिम्बावेलाई हराएसँगै नेपाल तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । नेपालले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको छ ।

नेपालले एक खेलमा सिंगापुरलाई हराएको थियो । अंक तालिकामा जिम्बावेले पनि २ खेलमा २ अंक जोडेको छ । तर, नेपाल नेट रन रेटको आधारमा शीर्ष स्थानमा छ । सिंगापुरको पनि २ अंक छ ।

त्यसैले ३ वटै टिमले सिरिजको उपाधि जित्ने सम्भावना छ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);