क्यानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने अध्यक्ष चन्दको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

क्यानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने अध्यक्ष चन्दको प्रतिवद्धता

(क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द

काठमाडौं, १३ असोज । नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले क्यानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।

अध्यक्ष चन्दले क्यान भित्र सुशासन कायम गर्न सिईयो पनि प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने योजना अघि सार्नु भयो । उहाँले क्यानलाई पारदर्शी बनाउने र विभिन्न उमेर समूहका खेलाडीहरुको छनौट गर्दा उनीहरुको क्षमतालाई मुख्य प्राथमिकता दिने पनि स्पष्ट पार्नु भयो ।

सोमबार काठमाडाैंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले निजी स्तरमा संचालन भईरहेका लिगहरुलाई पनि कानुनी दायरामा ल्याउने बताउनु भयो।

अध्यक्ष चन्दले चालू आर्थिक वर्ष भित्र नेपालमा अन्तराष्ट्रिय स्तरको प्रिमियर लिग प्रतियोगिता आयोजना गर्ने पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);