आज नेपाल र पाकिस्तान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं, २९ असार । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एशिया कप प्रतियोगितामा नेपालले आज (शुक्रवार) पाकिस्तान ए सँग खेल्दैछ । समूह ए को यस खेल कोलम्बो क्रिकेट क्लवको मैदानमा नेपाली समय अनुसार बिहान सवा १० मा हुनेछ ।

पाकिस्तानको ए टोली रहेपनि टोलीमा केही चर्चित अनुहार समेत रहेका छन् । पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद वासिम जुनियर तथा
शाहनवाज दाहानी समेत छन् ।

नेपाल भने साविक कप्तान रोहित पौडेलको कप्तानीमा मैदान उत्रँदैछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);