यू-१५ साफ च्याम्पियनसिपः नेपाल भारत विरुद्ध भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, ११ भदौ । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले आज भारत विरुद्ध भिड्दै छ ।

 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल जितको लक्ष्यसहित मैदानमा उत्रिने छ । नेपालले भारतविरुद्धको फाइनललाई बदला लिने अवसरको रुपमा लिएको छ । नेपाल समूह चरणको खेलमा भारतसँग २–१ ले पराजित भएको थियो । नेपाली टिमका प्रशिक्षक सुनिल श्रेष्ठले नेपाली टोली आत्मविश्वासका साथ मैदानमा उत्रिने बताए । उनले भारतसँग समूह चरणमा नै खेलिसकेका कारण खेलाडीमा आत्मविश्वास रहेको भन्दै रक्षापंक्ति र अग्रपंक्ति दुवैमा ध्यान दिएर उपाधि जित्ने दाबी गरे ।

 

नेपालले बंगलादेश र भारतले भुटानलाई पराजित गरेर फाइनलको यात्रा तय गरेका हुन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);