प्रधानमन्त्री कप क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री कप क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै

दाङ, १८ पुष । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै छन् । दाङको लमहीमा जारी खेलमा आज हुने पहिलो खेलमा समूह ए को विजेता एपीएफले समूह बी को उप विजेता सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ भने यस्तै दोस्रो खेलमा समूह बी को विजेता प्रदेश एकले समूह ए को उप विजेता लुम्बिनीसँग खेल्नेछ ।

आठ टिम सहभागी यस प्रतियोगितामा विभागीय क्लब एपीएफ, प्रदेश एक, लुम्बिनी र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका हुन् । आजको विजेता टिमले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उप–विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५–२५ हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);