महिला उपमेयर कपको दोस्रो चरण आजबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महिला उपमेयर कपको दोस्रो चरण आजबाट

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको दोस्रो चरणका खेल आज सोमबारबाट सुरु हुँदैछ । प्रतियोगितामा आज दुई खेल हुनेछन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने नकआउट चरणको पहिलो खेलमा समूह ‘ए’ को विजेता झापाको कनकाइ नगरपालिका र समूह ‘जे’ को विजेता सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाबीच हुनेछ । खेल दिउँसो १२ बजे सुरु हुनेछ । 

यस खेलको विजेताले बुधबार समूह ‘जी’ को विजेता कैलालीको गोदावरी नगरपालिकासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । अर्को खेल समूह ‘एफ’ को विजेता दाङकाे तुलसीपुर नगरपालिका र इलामको राेङ गाउँपालिकाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । 

यस खेलको विजेताले सेमिफाइनल पुग्नका लागि समूह ‘आइ’ को विजेता कैलालीको गौरीगंगा नगरपालिकासँग खेल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा कात्तिक ४ गतेबाट सुरु भएको प्रतियोगितामा सहभागी ३१ टोलिलाई दश समूहमा विभाजन गरिएको छ । 

प्रत्येक समूहबाट एक टोलि समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका थिए । उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);