उपमेयर महिला कप : आज तीन खेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

उपमेयर महिला कप : आज तीन खेल

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज शुक्रबार तीन खेल हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनकाे पहिलो खेल बिहान ९ बजे समूह ‘सी’ को भक्तपुर नगरपालिका र बासगढी नगरपालिकाबीच हुनेछ ।

दोस्रो खेलमा समूह ‘डी’ को जानकी नगरपालिका र शिवशक्ति नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो १२ बजे हुनेछ । आजकाे अन्तिम तथा तेस्रो खेलमा दिउँसो ३ बजे समूह ‘इ’ को सिमकोट नगरपालिका र काठमाडौ महानगरपालिका भिड्नेछन् ।  तीनै टोलीको प्रतियोगितामा यो पहिलो खेल हुनेछ  । प्रतियाेगिता एन्फा मुख्यालयमा भइरहेकाे छ ।

बिहीबार प्रतियोगिताको पहिलो खेलमा समूह ‘ए’ को बागमती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९-० ले हराएकाे थियाे । जितसँगै बागमतीले तीन अंक जोड्यो । अर्को खेलमा कनकाइ नगरपालिकाले गोदावरी नगरपालिकालाई १२-० ले हराउँदै तीन अंक जोड्यो ।

समूह ‘बी’ को कालिका नगरपालिकाले कागेश्वरी नगरपालिकालाई १०-० ले हराएकाे थियाे । राष्ट्रिय टोलीका चार खेलाडी सम्मिलित कालिकाले जितसँगै तीन अंक जोड्यो । प्रतियोगितामा सहभागी  ३१ टिमलाई १० समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चार टिम र अन्य समूहमा तीन- तीन टिम छन् । 

प्रतियोगिताको विजेता र उपविजेता टोलिले राष्ट्रिय महिला लिग छनोट हुनेछन् । उपमेयर कपको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् । फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);